काठमाडौँ– एशियाली विकास बैंकको सहयोगमा प्युठानमा महिला तथा बालबालिका सेवा केन्द्र भवन निर्माण भएको छ । जिल्ला प्रहरी कार्यालय प्यूठानको प्रांगढमा निर्माण सम्पन्न भएको महिला तथा बालबालिका सेवा केन्द्रको भवनको उद्घाटन प्रहरी प्रधान कार्याल, अपराध अनुसन्धान विभागका प्रमूख, प्रहरी नायव महानिरिक्षक (डीआइजी) धिरु बस्न्यातले उद्घाटन गरेका हुन् ।


ADVERTISEMENT


एशियाली विकास बैंकको सहयोगमा प्रहरी प्रधान कार्यालय, अपराध अनुसन्धान विभाग, महिला तथा बालबालिका सेवा निर्देशनालय अन्र्तगत उक्त भवनको निर्माण भएको हो ।


ADVERTISEMENT

# # #


कार्यक्रममा बोल्दै प्रहरी अपराध अनुसन्धान विभागका प्रमुख डीआईजी धिरु बस्नेतले महिला तथा बालबालिकामाथि हुने हिंसा न्यूनिकरणका लागि एडीबीको सहयोगमा २० वटा जिल्लामा कार्यक्रम शुरु भएको जानकारी दिए । उनले हिजो छहारीमा बसेर गरेको कार्य आज एउटा सुविधा सम्पन्न आधुनिक भवनबाट गर्ने अवसर प्राप्त भएको भन्दै नेपाल प्रहरी र एडीबीको सहकार्यमा भएको यस परियोजनाले काम गर्न सहज हुने विश्वास व्यक्त गरे ।

आधा आकाश ढाकिएको महिलाको क्षेत्रमा विकास यदि गर्न सकिँदैन भने सर्वत्र विकास गर्न असम्भव छ भन्दै उनले जिल्लामा गठन भएको लैङ्किक हिंसा नियन्त्रण सञ्जालले गरेको कार्यको प्रशंसा गरे । महिला तथा बालबालिका सेवा निर्देशनालय हिंसा प्रभावित क्षेत्रलाई केन्द्र विन्दु बनाई अगाडि बढ्ने विश्वास दिलाउँदै उनले सूचनामूखी र प्रभावमूखी अनुसन्धानमा कुनै पनी निर्दोष व्यक्ति कारवाहीमा नपरोस भन्ने मान्यता नेपाल प्रहरीको रहेको जानकारी गराए ।

नेपाल प्रहरी संकटमोचन हनुमानको रुपमा रहेको कुरा उल्लेख गर्दै कानून कार्यान्वयनमा नेपाल प्रहरी नडग्मगाउने बताए ।

यस्तै प्रमूख जिल्ला अधिकारी बद्रीनाथ गैरेले जिल्लामा काम गर्न अपर्याप्त श्रोत साधन भए पनि नवनिर्मित महिला तथा बालबालिका सेवा केन्द्रकाले अबका दिनमा सहज हुने कुरा बताए । सेवा केन्द्र भवन निर्माणमा सहयोग पु्र्याएकोमा डीएफडीआई र एडीबीलाई धन्यवाद दिदै उनले अपराध न्यूनिकरणमा नेपाल प्रहरी र अन्य संघ संस्था विशेष रुपमा सक्रिय हुनु पर्ने कुरा उल्लेख गरे ।

उनले जिल्लामा निर्माण भएको महिला तथा बाबालिका सेवा केन्द्र भवनका सेवाको बारेमा आम जनसमूदायमा प्रचार प्रसार गर्न अनुरोध गरे ।

दातृ निकाय डीएफआइडी नेपालका प्रतिनिधि मेटी नेल्सनले जिल्लामा निर्माण भएको महिला तथा बालबालिका सेवा केन्द्र भवनले महिला तथा बालबालिकाहरुलाई न्यायमा पुग्न सहजता ल्याउने कुरामा विश्वास व्यक्त गरिन् । हिंसा अत्यन्त खतरनाक चिज भएको भन्दै उनले यसको न्यूनिकरणका लागि प्रहरी साथ साथै समूदायको पनि महत्वपूर्ण भूमिका रहेको कुरामा जोड दिइन् ।

स्थानिय प्रहरी, क्षेत्रिय प्रहरी, जिल्ला प्रहरी लगायका प्रहरीका विभिन्न निकायहरुले गरेको कामको प्रशंसा गर्दै उनले ५ नम्बर प्रदेश अन्तर्गत डीएफआइडीको सहयोगमा ११ वटा भवनहरु निर्माण भैसकेको र ६ वटा निर्माणाधीन अवस्थामा रहेको समेत जानकारी गराइन् ।

एडीबी परियोजनाका प्रतिनिधि चन्द्र प्रसाद चौलागाईले उक्त शुरुवात र यसका दातृ निकायको बारेमा जानकारी दिँदै लैङ्गिक हिंसा नियन्त्रण सञ्जाल समितिको गठनको उद्देश्यको बारेमा प्रष्ट पारे ।

यसैगरी जिल्लास्तरीय लैङ्गिक हिंसा नियन्त्रण संजाल समितिकी अध्यक्ष पार्वता आचार्यले समितिले जिल्लामा हुने महिला तथा बालबालिका विरुद्धका हिंसाहरु नियन्त्रण गर्न सबै निकायसँग प्रभावकारी रुपमा समन्वय गर्दै अगाडी बढेको र प्रभावकारी भूमिका निर्वाह गर्न सकेको उल्लेख गरिन् । महिला तथा बालबालिका सेवा केन्द्र स्थापना परियोजना लागू पश्चात लैङ्गिक हिंसा नियन्त्रणमा सहयोग पुग्ने उनको विश्वास थियो ।

यस्तै प्रहरी नायव उपरिक्षक(डीएसपी) राजेन्द्र पोख्रेलले कार्यक्रमका सहभागीहरुलाई स्वगत गर्दै जिल्लामा दर्ता हुने उजुरीको संख्यामा तुलनात्मक रुपमा विगत ३ बर्षको तथ्यांक हेर्दा उजुरीको संख्या अत्याधिक रुपमा वृद्धी हुँदै गएको र यसको कारण जनतामा जनचेतनाको वृद्धी हुनु भएको बताए ।