काठमाडौं–मल चाहिएकै बेला देशैभरि कहीं छैन । रोपाइँ सकिएको १५ देखि २० दिनमा धानखेतीलाई युरिया मल चाहिन्छ । यही बेला पाइन छाडेको छ । कृषि सामाग्री कम्पनीले समयमा झिकाउन नसक्दा किसान समस्यामा परेका हुन् ।


ADVERTISEMENT


नेपाल मलमा पूर्णतः परनिर्भर छ । भारतबाट सरकारले आयात गर्छ । चाहिएको बेला नल्याइदिने परम्परा यसपालि पनि दोहोरिएको छ ।


ADVERTISEMENT

# # #


तर, सरकारी निकाय आफैं यसमा निरीहता देखाउँछन् । ‘धानबालीलाई मल अभाव भएको जानकारी प्राप्त भएको छ,’ कृषि तथा पशुपन्छी विकास मन्त्रालयका उपसचिव तेज सुवेदीले भने, ‘तत्काल समस्या समाधान गर्न कृषि सामग्री केन्द्रलाई निर्देशन दिइसकेका छौं । मलको अभाव हुन दिन्नौं । वैकल्पिक उपाय लगाएर पनि आपूर्ति गर्छौं ।’

मनसुनी वर्षाले साथ दिएकाले यस वर्ष देशैभरि बेलैमा रोपाइँ भयो। करिब ९५ प्रतिशत सकिएको सरकारी आँकडा छ । मन्त्रालयले उपाय लगाउने बताए पनि किसानलाई मल हाल्न ढिला भइसकेको छ ।

चाहिएको बेलै मल र सिचाइँ पुगे यो वर्ष धान उत्पादनमा कीर्तिमान बन्ने मन्त्रालयको अनुमान छ । तर, त्यसमा सरकारी सक्रियता भरपर्दो देखिँदैन ।

मौसमले साथ दिए पनि मल नहुँदा उत्पादन कम हुनेतर्फ किसान चिन्तित छन् । – आजको अन्नपुर्ण पोष्टबाट