काठमाडौँ– सेल्फी मोह। विशेष गरी युवा पुस्ताहरुमा चर्चित छ सेल्फी । बाटोमा हिड्दा होस् या सुतिरहेकै बेला होस् मानिसहरु सेल्फी लिन भनेपछि अनुहार खुम्च्याउन देखि लिएर रिसाएको छ भनेपनि मुसुक्क हाँस्ने भइहाल्छन् । अझ साथीहरुसँग घुम्न जाँदा त कुरै नगरौं । वरिपरी को छ छैन वास्ता नै हुँदैन, मात्र ध्यान जति सेल्फीमा केन्द्रित हुन्छ ।


ADVERTISEMENT


आजभोलि सेल्फी घर, बाथरुम, सडक, होटल, रमणीय स्थल हुँदै मठमन्दिरमा समेत पुगिसकेको छ । यसको मतलब नेपाली समाजमा सेल्फीको क्रेज दिनप्रति दिन बढ्दो छ। मठमन्दिरहरुमा समेत मानिसहरु हातमा मोबाइल लिई सेल्फी लिन तल्लिन देखिन्छन् ।


ADVERTISEMENT

# # #


यस्तै दृश्य आज पशुपतिनाथ मन्दिर परिसरमा पनि देखियो । साउनको अन्तिम सोमबार भएकै कारण आज विहानै देखि पशुपतिनाथ मन्दिरमा शिवभक्तहरुको बाक्लो उपस्थिती थियो । जहाँ भक्तजनहरु शिवको पूजाअर्चना गर्न देखि लिएर दियो धुप बाल्न व्यस्त देखिन्थे ।

यति मात्रै नभएर शिवको पूजाअर्चना सकाएर हातमा मोबाइल लिएर गएका कतिपय भक्तजनहरुले सेल्फी लिन समेत भ्याए । उनीहरु पशुपतिनाथ मन्दिर प्रवेशद्वारमा रहेको शिवको पनि फोटो आवोस् भन्दै सेल्फी लिन व्यस्त देखिए । सेल्फी लिनेमा विवाहित जोडि देखि लिएर युवतीहरु बढी थिए । जहाँ सेल्फी मात्रै नभएर फोटो खिचाउनेहरु पनि उत्तिकै देखिन्थे । हेरौं पशुपतिनाथ मन्दिर परिसर अगाडि देखिएको केही सेल्फीका दृश्यहरु ।