एजेन्सी– इंग्लिस प्रिमियर लिगमा यो सिजनको पहिलो खेलमा म्यान्चेस्टर सिटीले आर्सनललाई पराजित गरेको छ । सिटीले आर्सनललाई २–० गोल अन्तरले पराजित गरेको हो ।


ADVERTISEMENT


खेलको १४ औं मिनेटमा सिटीका लागि रहिम स्टरलिङले पहिलो कर्नर गोल गरेका थिए । रियाद महर्जले गरेको प्रहार पर्ट चेकले रोकेका थिए । दोस्रो हाफको ६४ औं मिनेटमा बर्नाल्डो सिल्भाले अर्को गोल थप गर्दै प्रिमियर लिगको नयाँ सिजनमा म्यान्चेस्टर सिटीलाई २–० गोलअन्तरले विजयी बनाए ।


ADVERTISEMENT

# # #


यस्तै, अर्को खेलमा लिभरपुल विजयी भएको छ । लिभरपुलले वेस्टह्यामलाई ४–० को फराकिलो अन्तरले पराजित गरेको हो । लिभरपुलको जितमा साडियो मानेले २ गोल गर्दा मोहमद सलाह र ड्यानियल स्टरिजले एक–एक गोल गरेका थिए । पहिलो हाफको १९ औं मिनेटमा मोहमद सलाहले लिभरपुलका लागि पहिलो गोल गरेका थिए ।

उनले एन्ड्रयू रोबर्टसनको पासमा गोल गरेका हुन् । यसैगरी पहिलो हाफको अतिरिक्त समयमा साडियो मानेले लिभरपुलको अग्रता दोब्बर पारे । मानेले जेम्स मिल्नरको पासमा गोल गर्दै पहिलो हाफमा २–० को अग्रता बनाए । यसैगरी मानेले नै ५३ औं मिनेटमा रोबर्टो फिरमिनोको पासमा गोल गर्दै ३–० को अवस्थामा पु¥याएका थिए । मोहमद सलाहलाई रिप्लेस गर्दै मैदान छिरेका ड्यानियल स्टरिजले टिमका लागि ८८औै मिनेटमा चौथो गोल गरेका थिए ।