काठमाडौं । भरतपुर महानगरपालिकाको वडा नम्बर १९ मा पुनः मतदान गर्ने निर्वाचन आयोगको निर्णयको बिरोध गर्दै नेकपा एमालेको भातृ संगठनले काठमाडौंमा प्रदर्शन गरेको छ ।


ADVERTISEMENT


एमाले सम्बद्ध दुई संगठन युवा संघ र अनेरास्ववियुको मूख्य आयोजनामा आइतबार काठमाडौंमा बिरोध प्रदर्शन भएको हो ।


ADVERTISEMENT

# # #


प्रदर्शनीमार्गबाट सुरु भएको र्‍याली पुतलीसडक, बागबजार हुँदै शान्तिबाटिका पुगेको थियो । र्‍यालीमा एमाले कार्यकर्ताको उल्लेख्य उपस्थिति देखिन्थ्यो ।