सिन्धुपाल्चोक– शुक्रबार राति आएको वर्षाले क्षतीग्रस्त बनाएको अरनिको राजमार्ग अन्तर्गत खोर्सानीबारीमा रहेको पक्की पुल शनिबार रातिको बाढीले पूर्ण रुपमा बगाएको छ । बाढी बजार क्षेत्रमा पसेपछि बजार बगरजस्तो भएको छ ।


ADVERTISEMENT


शुक्रबार रातिको बाढीले बाह्रबिसे नजिकै रहेको साँधीखोला माथीको पुलको आधा भाग बगाएपछि मोटरसाइकल बाहेकका सवारी साधन चलाउन रोक लगाइएको थियो । तर, शनिबार राति भोटेकोशीको बाढीले पुलको नामोनिशान नै नरहने गरी बगाएको छ ।


ADVERTISEMENT

# # #


राजमार्गका पुल बगाएपछि अब बाह्रविसे नगरपालिकाको केही वडा र भोटेकोशी गाउँपालिकासँगको सडक सम्बन्ध टुटेको छ ।

शनिबार दिउँसो पुलमुनी रहेको ठूलो ढुङ्गा हटाएर सडक विभागले क्षतिग्रस्त पुल मर्मत सुरु गरेपनि राति आएको पहिरोसहितको बाढीले पुल पूर्णरुपमा बगाएको बाह्रविसे नगरपालिकाकी उपमेयर सुशीला पाख्रिनले जानकारी दिइन् ।

पुल बगाएपछि बैकल्पिक व्यवस्थाको लागि नगरपालिकाले पहल गरिरहेको बाह्रविसे नगरपालिकाका मेयर निमफुञ्जो शेर्पाले जानकारी दिए ।

राति आएको बाढी बाह्रविसे बजारमा पसेपछि बजारबासी भागाभाग गरेका थिए । बजारमा लेदोसहितको भल पसेपछि बाह्रविसे बजार बगरमा परिणत भएको उपमेयर पाख्रिनले बताइन् । सडकको सतहभन्दा निकै माथीसम्म भल पसेको स्थानीयले जानकारी दिएका छन् ।