काठमाडौँ, फागुन ४ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले  स्थानीय निकायको निर्वाचनको मिति फागुन ८ गते भित्रै तोक्ने बताएका छन् ।


ADVERTISEMENT


आज  प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवसँगको भेटमा उनले यसै साताभित्र चुनावको मिति तोकिने कुरा उल्लेख गरेका हुन् । निवार्चन आयुक्त यादवले भने ‘उहाँले केहीदिन भित्रमै मिति घोषणा गर्ने आश्वासन दिनुभएको छ ।’


ADVERTISEMENT

# # #


हिजै निवार्चन आयोगले फागुन ८ भित्रै निर्वाचनको मिति तोकिए मात्र जेठमा निर्वाचन गर्न सकिने कुरा उल्लेख गरेको थियो । माघ २३मा आयोगले सरकारलाई पठाएको कार्यतालिकामा पनि फागुन पहिलो साता मिति घोषणा गर्नुपर्ने उल्लेख छ ।

आयोगले निवार्चन तयारीका लागि करीब १२० दिन लाग्ने अनुमान गरिरहेको छ तर कति कुराहरु अगाडि बढिसकेकाले अब ९० दिनमा पनि निर्वाचन गर्न सकिने आयुक्तको भनाइ रहेको छ ।
निर्वाचनको मिति घोषणा भए पनि स्थानीय तह निर्वाचनका लागि चाहिने रानजनीतिक दल सम्बन्धि ऐन अझै बनेको छैन। यो विधेयक संसदको राज्यव्यवस्था समितिमै छ। साथै, स्थानीय तह पुनर्संरचना आयोगको प्रतिवेदन पनि मन्त्रिपरिषदमै अड्किरहेको छ ।
आयोगले सुझाएको कार्यतालिका भित्रै निर्वाचनको मिति घोषणा गर्न प्रधानमन्त्री दाहालले राजनीतिक छलफललाई पनि तीव्रता दिइरहेका छन् ।