रौतहट – नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले कांग्रेसले जीतेका स्थानीय तहमा जनतालाई भार पर्ने गरी कर बृद्धी नगर्न निर्देशन दिने बताएको भोलिपल्टै रौतहटमा कांग्रेसबाट निर्वाचित मेयरले कर छुटको निर्णय गराएका छन् ।


ADVERTISEMENT


महामन्त्री कोइरालाको कुरालाई समेत मध्यनजर गरेका परोहा नगरपालिकाका मेयर शेख वकिलले स्थानिय तहको कर नबढाएका हुन् । आईतबार बसेको नगर समितिको बैठकले नगरपालिकाका सबै खाले कर नै निशुःल्क गर्ने घोषणा गरेको हो ।


ADVERTISEMENT

# # #


जथाभावी कर बढाएर जनतालाई अप्ठ्यारोमा पर्ने काम भइरहेका बेला पार्टीको केन्द्रीत निर्देशन बमोजिम करबृद्धि फिर्ता लिने निर्णय गरिएको छ ।

संघीय सरकारदेखि स्थानीय तहसम्म अत्याधिक करबृद्धि गरेको भन्दै सरकारको चर्को आलोचना भइरहेका बेला काँग्रेस महामन्त्री कोइरालाले काँग्रेसबाट निर्वा्चित स्थानिय तहका जनप्रतिनिधिलाई कर बृद्धि नगर्न निर्देशन दिइने बताएका थिए ।

विभिन्न शीर्षकमा लगाईएको अनावश्यक कर खारेज भएपछि परोहाबासी हर्षित भएका छन् भने अन्य नगरपालिका बासीहरुले पनि आफ्ना नगरपालिकामा पनि यस्तै निर्णय हुने अपेक्षा गरेका छन् । मेयर वकिल प्रदेश नम्बर २ का नगरपालिका संघका अध्यक्ष समेत रहेका छन् ।

निजको पहलमा अन्य नगरपालिकामा पनि कर छुट सम्बन्धि व्यवस्था हुन सक्ने आशा स्थानीयको छ भने काँग्रेसका नेता कार्यकर्तामा त झनै विश्वास नै पलाएको छ ।

कर बृद्धीको मुद्धा उठिरहेको बेला काँग्रेसले आफ्ना तर्फबाट निर्वा्चित नगरपालिकाका जनप्रतिनिधीहरुलाई काठमाडौं बोलाएर प्रशिक्षण दिने कार्यक्रम समेत बनाएको छ । कांग्रेसले भदौ ११ गते नीति तथा प्रशिक्षण प्रतिष्ठानमार्फत् प्रशिक्षण दिन लागेको हो ।

वकिल जनताका पक्षमा निर्णय लिने पहिलो मेयर बनेपनि अन्य नगरपालिका र गाउँपालिकामा समेत करबृद्धि फिर्ता लिने गरी कांग्रेसबाट निर्वाचित जनप्रतिनिधिले तयारी गरिरहेका छन् ।