मोरङ– मोरङको मिक्लाजुङ गाउँपालिका र इलामको चुलाचुली गाउँपालिकाबीच भएर बग्ने नुनसरी खोलामा झोलुङ्गे पुल निर्माण गरिएको छ ।


ADVERTISEMENT


मिक्लाजुङ–२ र चुलाचुली–६ को कुइनेटारमा रु ३२ लाख ३९ हजार ९४० को लागतमा निर्माण गरिएको सो पुल १२० मिटर लामो छ । उक्त पुल निर्माणका लागि जिल्ला समन्वय समितिले रु २७ लाख ७२ हजार ९४०, मिक्लाजुङ गाउँपालिकाले रु दुई लाख ४ हजार, चुलाचुली गाउँपालिकाले रु एक लाख र स्थानीयबासीले रु एक लाख ६३ हजार व्यहोरेका थिए ।


ADVERTISEMENT

# # #


पुल बनेसँगै प्रत्यक्ष लाभान्वित भएका १ देखि ५ नं वडाका बासिन्दालाई यसअघि उर्लाबारी हुँदै गाउँपालिका केन्द्र मधुमल्ला आउन आउनुपर्ने बाध्यता थियो । उक्त पुलबाट मोटरसाइकल र पैदलयात्रुलाई सहजरूपमा आवतजावत गर्न स्थानीय सामान बजारसम्म पुर्याउन सहज भएको मिक्लाजुङ–२ का वडाध्यक्ष गौरीप्रसाद राईले बताएका छन् ।