कञ्चनपुर– १३ वर्षीय बालिका निर्मला पन्तको बलात्कारपछि भएको हत्याकाण्डमा थप दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले अनुसन्धानका लागि भन्दै दुई जनालाई पक्राउ गरेको हो । यद्यपी उनीहरुको पहिचान खुलाइएको छ ।


ADVERTISEMENT


जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख तथा एसपी कुबेर कठायतका अनुसार दुई जनालाई अनुसन्धानका लागि नियन्त्रणमा लिइएको छ । यद्यपी पक्राउ परेकाबारे अनुसन्धान भइरहेकाले परिचय खुलाएनन् । यसअघि प्रहरीले एक जनालाई पक्राउ गरेर सार्वजनिक गरेको भएपनि स्थानीयले उनी बास्तबिक बलत्कारी नभएको दाबी गर्दै आएको छन् ।


ADVERTISEMENT

# # #


एसपी कठायतका अनुसार शनिबारदेखि जारी कर्फ्यु शनिबार पनि जारी छ । अहिले सर्वदलीय बैठक बसिरहेको र सो बैठकबाट कर्फ्यु हटाउने या जारी राख्ने भन्नेबारे निर्णय लिइने जानकारी दिए ।
भीमदत्तनगरमा जारी आन्दोलनले उग्ररुप लिँदा शुक्रबार राति ८ बजेदेखि अनिश्चितकालीन कफ्र्यु लगाइएको थियो ।

शुक्रबार बेलुकी एक्कासि आन्दोलन उग्र हुँदा प्रहरी र आन्दोलनकारीबीच झडप हुँदा प्रहरीको गोली लागेर ट्राफिक चोकमा भीमदत्तनगरपालिका–१८ का १४ वर्षीय सनी खुनाको मृत्यु भएको थियो ।
यस्तै गोली लागेर अरु ५ जना घाइते भएका छन् ।

बालिका निर्मलाको गत साउन १० गते हत्या भएको थियो । उनको शव साउन ११ गते उखुबारीमा भेटिएयता कञ्चनपुरको भीमदत्तनगरमा चरणबद्ध आन्दोलन हुँदै आएको छ ।