काठमाडौं– नयाँ शक्ति नेपालका संयोजक बाबुराम भट्टराईले जेलमा रहेका कैलाली १ बाट निर्वाचित रेशम चौधरी र नेकपाका प्रवक्ता खड्कबहादुर विश्वकर्मा ‘प्रकाण्ड’लाई राजनीतिक रूपमा व्यवहार गर्न सरकारसँग आग्रह गरेका छन् ।


ADVERTISEMENT


प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै उनले सो कुरा आग्रह गरेका हुन् ।


ADVERTISEMENT

# # #


‘अदालतले प्रकाण्डलाई छोड्ने फेरि पटकर पटक मुद्दा लगाएर सरकारले समात्ने गर्दा पञ्चायतकालको हस्को आयो’,बैठकमा बोल्दै उनले भने,‘हामी सबैले पञ्चायत कालको व्यवहार सामना गर्दै आइसकेकोले त्यस्तो व्यवहार गर्नुहुँदैन । राजनीतिक ढंगले उनलाई व्यवहार गरिनुपर्छ ।’

त्यस्तै, उनले कैलाली १ बाट निर्वाचित भएका रेशम चौधरीलाई सदनमा सपथ ग्रहण गराउन नसक्नु दुर्भाग्यपूर्ण कुरा भएको बताएका छन् । साथै, उनले चौधरीलाई सपथ ग्रहण गर्ने व्यवस्था मिलाउन सरकारसँग माग गरे ।

‘रेशम चौधरी जो कैलाली १ बाट निर्वाचित भएर आउनुभयो । उहाँलाई यस सदनमा सपथ ग्रहण गराउन नसक्नु त्यो अत्यन्त दुर्भाग्यपूर्ण भएको छ । टीकापुरको घटना दुस्खद थियो व्यक्तिहरूको हत्या हुनु त्यो दुःखद परिघटना थियो’, उनले भने,‘हामी सबैले त्यसको निन्दा गरेका छौं । तर, अहिले रेशम चौधरीलाई मात्र पहिला नै कुनै मुद्दा नै नचलाइकन त्यतिकै अपराधी करार गरेर उनलाई यहाँ सपथ ग्रहण गर्न नदिनु उपयुक्त हुँदैन । त्यसैले रेशम चौधरीलाई राजनीतिक रूपमा व्यवहार गरेर उहाँलाई सपथ ग्रहण गर्ने व्यवस्था गरियोस् ।’