काठमाडौँ– प्रतिनिधसभाको आजको विशेष बैठकमा राजपाका अनिलकुमार झाले लालबकैया नदीमा डुङ्गा पल्टिएर बेपत्ता भएका परिवारलाई जनही रु १० लाख क्षतिपूर्ति उपलब्ध गराउन सरकारसँग माग गरेका छन् ।


ADVERTISEMENT


रौतहट जिल्लामा पर्ने सो नदीमा शनिबार डुङ्गा पल्टिँदा ३५ जना डुबेका थिए । तीमध्ये तीन जना बेपत्ता छन् । लालबकैयामा अझैसम्म पुल निर्माण हुनसकेको छैन । सो शिलान्यास २०७० सालमा भइसकेको छ ।


ADVERTISEMENT

# # #


त्यसैगरी नेकपाका भीमबहादुर रावलले कञ्चनपुर जिल्लाको भीमदत्त नगरपालिकमा केही दिन पहिले निर्मला पन्तको बलात्कारपछि भएको हत्याको निन्दा गर्दै घटनाको उचित अनुसन्धान र छानबिन गरी हत्यारालाई कानूनको कठघरामा ल्याउनुपर्ने बताएका छन् । रासस