इटहरी– सुनसरीको इटहरी उपमहानगरपालिका क्षेत्रको विभिन्न वडामा पशुमा खोरेत रोग फैलिएको छ ।


ADVERTISEMENT


खोरेत रोग देखा परेपछि किसानमा पशु मर्ने त्रास बढेको छ । गाईमा सबैभन्दा बढी खोरेत देखिएको छ । दुई सयभन्दा बढी पशु चौपाया बिरामी परेको इटहरी–५ का बाबु घिमिरेले बताएका छन् । पशु प्राविधिकलाई जाँचका लागि बोलाएपनि रोग नियन्त्रणमा आउन नसकेको उनले बताए । रोग फैलिदै गएपछि किसान चिन्तत बनेका छन् ।


ADVERTISEMENT

# # #


गाईवस्तुले घाँस नखाने र मुखबाट र्याल काढ्ने गरेका छन् । रोगबारे जानकरी गराउँदा पनि पशु प्राविधिकले ध्यान नदिएको किसानको गुनासो छ । रोग लागेपछि गाईले दूध दिन छोडेको इटहरी हलगडाका लाल चौधरीले बताएका छन् । किसान आफैले पशुको उपचार गरिरहेका छन् ।

इटहरी उपमहानगरपालिकाका पशु प्राविधिक राजेशप्रसाद पौडेलले खोरेत रोगको सङ्क्रमणबारे किसानको गुनासो नआएको बताएका छन् । रासस