रुपन्देही– बिमस्टेक सम्मेलनमा सहभागि हुन मंगलबार नेपाल आएका म्यानमारका राष्ट्रपति विन मिन्ट बुधबार लुम्बिनी भ्रमणमा छन् ।


ADVERTISEMENT


काठमाडौंबाट चार्टर प्लेनमा ३६ जनाको टोलीसहित बुधबार बिहान झण्डै ११ बजे भैरहवा विमानस्थल ओर्लिएका राष्ट्रपति विमानस्थलबाट हेलिकप्टरमा लुम्बिनी पुगेका थिए । हेलिकप्टरमा राष्ट्रपतिसहित १६ जना लुम्बिनी गएका थिए ।


ADVERTISEMENT

# # #


लुम्बिीनमा राष्ट्रपतिलाई पर्यटन मन्त्री रविन्द्र अधिकारी र ५ नम्बर प्रदेशका मुख्यमन्त्री शंकर पोख्रेलले स्वागत गरेका छन् ।

राष्ट्रपति लुम्बिनी पुगेलगत्तै मायादेवी मन्दिरको अवलोकन गर्दैछन् । त्यसपछि राष्ट्रपतिले त्यहाँ पूजाआजा पनि गर्ने छन् ।

लुम्बिनीबारे नेपाली अधिकारीहरुले बिफ्रङ गरेपछि उनले पण्डिताराम ध्यानकेन्द्रमा केही समय ध्यान गरेर फर्किने कार्यक्रम रहेको लुम्बिनी विकास कोषका सूचना अधिकृत हरिध्वज राईले जानकारी दिएका छन् ।

राईका अनुसार राष्ट्रपतिले लुम्बिनीमा झण्डै आठ घण्टा विताउनेछन् ।