काठमाडौँ– इरानको संसद भवन र सर्बोच्च नेता आयातुल्ला खोमेनीको प्रार्थानास्थलमा सशस्त्र आक्रमण भएको छ ।

अन्तराष्ट्रिय समाचार एजेन्सी एएफपीका अनुसार गोली लागेर दुई जनाको मृत्यृ भएको छ । एक हतियारधारी व्यक्तिगत संसद भवनभित्र छिरेर सुरक्षा गार्डमाथि गोली प्रहार गरेका थिए । उनी घाइते छन् । घाइतेहरुको सवालमा भने समाचार एजेन्सीहरुबीच विवादित तथ्यहरु आइरहेका छन् ।


ADVERTISEMENT

# # #


त्यस्तै आधुनिक इरानका जन्मदाता आयातुल्लाह खोमेनीको निवासमा पनि गोली चलेको समाचार आएको छ । एक प्रत्यक्षदर्शीले समाचार एजेन्सी रोयटर्सलाई बताएअनुसार संसदको बैठक सकिएपछि आक्रमण भएको थियो ।

इरानको समाचार एजेन्सी आइआरआइवीले एक संसदलाई उदृत गर्दै भनेको छ कि संसद भवनभित्र एके(४७ जस्ता अत्याधुनिक हतियार बोकेका थुप्रै आक्रमणकारीहरु छन् ।

संसद इलयास हजरातीलाई उदृत गर्दै एजेन्सीले भनेको छ कि त्यहाँ तीन आक्रमणकारी थिए, त्यसमध्ये दुईले कालासिन्कोभ राइफल र एकजनाले पेस्तोल बोकेका थिए ।

समाचार संस्थाले दुईजना सुरक्षा गार्ड घाइते भएको छ । राजधानी तेहरानबाट केहि किलोमिटर दक्षिणमा रहेको खोमेनीको प्रार्थानास्थलमा पनि समान समयमा गोली चलेको समाचारमा जनाइएको छ । एजेन्सी

प्रतिकृया

प्रतिकृया