काठमाडौं– प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले निर्मला हत्या प्रकरणबारे सरकारको ध्यानाकर्षण गराएको छ ।


ADVERTISEMENT


सोमवार प्रतिनिधिसभामा जरुरी महत्वको विषय भन्दै कांग्रेस सांसद दिलेन्द्रप्रसाद बडुले आफ्नो पार्टीले स्थलगत रुपमा गरेको अध्ययनबारे जानकारी गराउँदै सरकार निर्मला पन्त हत्याबारे सरकार गम्भीर नभएको बताए ।


ADVERTISEMENT

# # #


‘देशमा वलत्कारका घटना बढ्दै गएको छ । भदौ १४ गते कञ्चनपुरको बेलगाँडीमा किशोरी बतात्कृत भएकी छन् । निर्मला पन्तको बलात्कारपछि निर्मम तरिकाले गरिएको हत्याको घटना मनाव सभ्यताको कलंक बन्न पुगेको छ,’ सांसद बडुले भने, ‘जसप्रति सिंगै राष्ट्रको ध्यान आकृष्ट भएको छ ।’

त्यस घटनाको वास्तविकता बुझ्न आफ्नो पार्टीका अन्य नेताहरुसहित आफू कञ्चनपुर पुगेको र सरोकारवालाहरु सबैसँग छलफल गरेको जानकारी गराउँदै उनले घटनाबारे सबैको एकै स्वर र एकै मत रहको बताए ।

‘भदौ १० र ११ गते समाजका अगुवा, स्थानीय नागरिक, महिला समूहहरु, पत्रकारहरु र मृतक परिवारहरु, पीडितहरु, नागरिक समाजका अगुवाहरुसँग छलफल गर्‍यौँ’ उनले भने, वडा प्रहरी र जिल्ला प्रहरीले त्यस घटनालाई हल्का रुपमा लिएको पाइयो ।’