बुटवल– बुटवल उप–महानगरपालिकाले कृषकलाई बाल्टी वितरण गरेको छ ।


ADVERTISEMENT


किसान लक्षित कार्यक्रमअन्तर्गत उपमहानगरपालिका– १४ का ग्रामीण भेगका कृषकलाई बाल्टी उपलब्ध गराइएको हो । सो वडाका भेलभरिया, उजेलापुर, विनायकपुरलगायत टोलका झण्डै १०० किसानलाई उपप्रमुख गुमादेवी आचार्यले बाल्टी हस्तान्तरण गरे । ‘गोठदेखि ओठसम्म सफा दूध’ सङ्कल्पलाई साकार पार्न उहाँले किसानलाई आग्रह गए। समृद्धिका लागि कृषि र पर्यटनलाई आधार बनाएर सोहीअनुरुप कार्यक्रम चालू आवको बजेटमा समावेश गरिएको आचार्यले बताए ।


ADVERTISEMENT

# # #


सो अवसरमा वडाध्यक्ष दधिराम न्यौपानेले वडाले किसानको दुग्ध उत्पादन क्षमताका आधारमा चरणबद्धरुपमा कार्यक्रम सञ्चालन गर्ने जानकारी दिए। उपमहानगरपालिकाले समृद्ध बुटवल सुखी जनताको सङ्कल्पका साथ समृद्धिका आधार तय गर्दै तिनै आधारलाई साकार पार्न कार्यक्रम बनाएको प्रवक्ता रामप्रसाद रेग्मीले बताए । उपमहानगरका १९ वटै वडामा उत्पादनको अवस्था र सम्भावनाबारे अध्ययन गर्दै आवधिक र दीर्घकालीन महत्वका योजना छनोट गरिएको छ ।