काठमाडौं – समाजसेवी उत्तम सञ्जेलले बिहे गरेका छन् । ४१ वर्षीय उनले गुहेश्वरी मन्दिरमा अत्यन्त साधारण तरिकाले सुन्दरीजलकी कला अधिकारीसँग सोमबार बिहान बिहे गरेका हुन् ।


ADVERTISEMENT


समता स्कुलका सञ्चालक समेत रहेका सञ्जेलले विगत दुई दशकदेखि नेपालमा केवल एक सय रुपैयाँ शुल्क लिएर विद्यार्थीलाई पढाइरहेका छन् । उनको समता स्कुल देशभर फैलिएको सबैभन्दा ठूलो स्कुलको चेन हो, जहाँ ४० हजारभन्दा बढी विद्यार्थी अध्ययन गर्छन् । उनले बंगलादेश तथा भारतमा पनि समता स्कुल खोलिसकेका छन् ।


ADVERTISEMENT

# # #


यस्तै १०० रुपैयाँमै बिरामीलाई चेक गर्न मिल्नेगरी बौद्धमा समता अस्पताल पनि सञ्चालन गरेका छन् । मन फुकाएर खर्च गरेर बिहे गरेको भए कति लाग्थ्यो भन्ने हिसाब गरेका उनले सो खर्च समता अस्पतालमा आउने बिरामीलाई औषधि किन्नका लागि प्रयोग गर्ने बताएका छन् । उत्तमका अनुसार ३०० रुपैयाँमै उनको बिहे सम्पन्न भएको छ । ‘२५ रुपैयाँको सिन्दुर, ७५ रुपैयाँको पोते र १ सय रुपैयाँका दुई मालामा बिहे सकियो,’ उनले भने ।

बिबाहमा बेहुला उत्तमले ‘समता स्कुल इन्डिया’ लेखिएको टिसर्ट लगाएका थिए । खुट्टामा चप्पल थियो । बेहुली कलाले रातो कुर्ता/सुरुवालमा घुम्टो ओढेकी थिइन् ।