काठमाडौँ– नवनियुक्त श्रम तथा रोजगारमन्त्री फरमुल्ला मन्सुरले वैदेशिक रोजगारको क्षेत्रका देखिएका समस्यालाई चाँडो समाधान गर्ने आफ्नो पहिलो प्राथमिकता हुने बताएका छन् ।


ADVERTISEMENT


आज मन्त्रालयमा पदबहाली गर्दै नवनियुक्त मन्त्री मन्सुरले खाडी मुलुकको समस्या समाधानका लागि आफूले सक्ने काम आफूले गर्ने र नभए मन्त्रिपरिषद्को बैठकमा लगेर भए पनि समाधान गर्ने बताए ।


ADVERTISEMENT

# # #


मन्त्री मन्सुरले संविधानको अधीनमा रही जनताको सेवा गर्ने काम आफ्नो कार्यकालको प्रमुख प्राथमिकता हुनेसमेत बताए।

उनले आफू जनताको प्रतिनिधिको हैसियतले मन्त्री बनेको बताउँदै जनतालाई सेवा पु¥याउने काममा लाग्न कर्मचारीलाई आग्रह गरे । साथै उनले पारदर्शी तरिकाले काम गर्न कर्मचारीलाई निर्देशनसमेत दिए ।

विसं २०११ मा बारा जिल्लाको भवानीपुर वडा नं ३ मा जन्मनुभएका मन्सुर १६ वर्षको उमेरमा नेपाल विद्यार्थी सङ्घको राजनीतिमा लागेका थिए । विसं २०२८ मा भारतको पटनामा विश्वेश्वरप्रसाद कोइरालाको हातबाट नेपाली काँग्रेसको सदस्यता लिएका मन्सुर विसं २०३४ देखि ०३६ सम्म काँग्रेस बाराको सहसचिव बनेका थिए ।

विसं २०३६ देखि २०४७ सम्म जिल्लाको सचिव, २०४८ देखि २०५७ पार्टी सभापति हुँदै विसं २०५७ मा काँग्रेसको दशौँ महाधिवेशनमा केन्द्रीय सदस्य बनेका थिए।

पटकपटक जेल पर्नुभएका उहाँ विसं २०५६ मा भएको आमनिर्वाचनमा बारा क्षेत्र नं ४ बाट प्रतिनिधिसभाको सदस्य चुनिए ।

यस्तै, विसं २०७० मा भएको दोस्रो संविधानसभाबाट सभासद् बनेका उनी विसं २०६४ मा गिरिजाप्रसाद कोइराला नेतृत्वको सरकारको विज्ञान तथा प्रविधिमन्त्री बनेका थिए।