एजेन्सी– स्पेन राष्ट्रिय टिमका नियमित फरवार्ड डिएगो कोस्टा राष्ट्रिय टिमबाट नखेल्ने भएका छन् । व्यक्तिगत कारण देखाउँदै उनले युइएफए नेश्नल लिग नखेल्ने घोषणा गरेका हुन् ।


ADVERTISEMENT


स्पेनले इंग्ल्यान्ड र क्रोएसियासँग युइएफए नेश्नल लिग खेल्दैछ। समूह ‘ए’ चारमा रहेको स्पेनले शनिबार इंग्ल्यान्डसँग खेल्दैछ । एथ्लेटिको मड्रिडबाट व्यवसायीक फुटबल खेल्दै आएका २९ वर्षीय स्ट्राइकरको सट्टामा ३१ वर्षीय इयागो आस्पास टोलीमा परेका छन् ।


ADVERTISEMENT

# # #


लुइस एनरिकेको प्रशिक्षणमा स्पेनले पहिलो अन्तर्राष्ट्रिय खेल खेल्दैछ ।

शुक्रबार घोषणा गरेको टोलीमा प्रशिक्षक एनरिकेले रूस विश्वकप खेलेका जोर्डी अल्बा, कोके लगायत आन्द्रे इनिस्टा, डेविड सिल्भा र जिरार्ड पिकेलाई टोलीमा राखेका छैनन् ।

यसपटक चार जना चेल्सी खेलाडी पनि टोलीमा समावेश भएका छन् । मार्कोस अलान्सो, अल्भारो मोराटो, सेसर एज्पीलिक्वेटा र केपा अरिजबालागा समावेश छन् ।

गोलकिपर पाउ लोपेज, जोसे गाया र डेन कबेलोस डेब्यूको प्रतिक्षामा छन् ।

लुइस एनरिकेको प्रशिक्षणमा स्पेनले पहिलो अन्तर्राष्ट्रिय खेल खेल्न लागेको हो ।