न्यूयोर्क– युएस ओपन लनटेनिस प्रतियोगिता अन्तर्गत बुधबार खेलिएको खेलमा राफेल नाडाल सेमिफाइनलमा प्रवेश गरेका छन् । युएस ओपनका वर्तमान च्याम्पियन नाडालले डोमिनिक थाइमलाई ३–२ सेटको अन्तरले पराजित गरे ।


ADVERTISEMENT


करिब ४ घण्टा ४९ मिनेटको सङ्घर्षपूर्ण उक्त खेलमा नाडालले थाइमलाई ०–६, ६–४, ७–५, ६–७ र ७–६ सेटमा पराजित गरेका हुन् । योसँगै नाडाल सातौं पटक युएस ओपनको सेमिफाइनलमा प्रवेश गरेका छन् ।


ADVERTISEMENT

# # #


विश्व नं. १ खेलाडी नाडाल चौथो पटक युएस ओपन जित्ने प्रयासमा छन् । उनले हालसम्म १८ वटा ग्रान्डस्लाम उपाधि जितिसकेका छन् ।

यस्तै विश्व चर्चित टेनिस खेलाडी सेरेना विलियम्स युएस ओपन २०१८ टेनिसको सेमिफाइनलमा प्रवेश गरेकी छन् । बुधबार भएको खेलमा कारोलिना प्लिस्कोभालाई पराजित गर्दै सेरेनाले सेमिफाइनलमा स्थान बनाएकी हुन् ।

सेरेनाले प्लिस्कोभामाथि ६—४ र ६—३ को सेटमा पराजित गरेकी हुन् । २३ पटकको ग्राण्डस्लाम च्याम्पियन र ६ पटकको युएस च्याम्पियन सेरेना पहिलोपटक टेनिसको सेमिफाइनलमा स्थान बनाएकी छन् ।

सेमिफाइनलमा सेरेनाले अनस्टासिजा सेभास्तोभासँग खेल्नेछिन् । सेभास्तोभाले क्वाटरफाइनलमा साविकको विजेता स्लोअनी स्टेफेन्सलाई हराएकी थिइन् । सेरेना आमा बनेपछि ठूलो प्रतियोगितामा प्रतिस्पर्धा गर्दै छिन् ।