काठमाडौं– राष्ट्रपति विद्यादेवी भण्डारीले कायममुकायम प्रधानसेनापति रथी पूर्णचन्द्र थापालाई आइतबार (आज) महारथी दर्जाको दर्ज्यानी चिन्ह प्रदान गर्ने भएकी छन् ।


ADVERTISEMENT


राष्ट्रपति भण्डारी नेपाली सेनाका परमाधिपति हुन् । राष्ट्रपति भवन शितलनिवासमा आज (आइतबार) आयोजित विशेष समारोहमा राष्ट्रपति भण्डारीले रथी थापालाई महारथीको दज्र्यानी चिन्ह प्रदान गरी प्रधानसेनापतिमा नियुक्त गर्ने सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ ।


ADVERTISEMENT

# # #


प्रधानसेनापति राजेन्द्र क्षेत्री पदावधि समाप्त भएका कारण आइतबारदेखि अवकाश लिँदैछन् । अवकाशमा जानु एक महिनाअघि प्रधानसेनापति बिदा बस्ने सैनिक परम्पराअनुसार प्रधानसेनापति क्षेत्री बिदा बसेका कारण सरकारले साउन २४ गतेदेखि लागू हुने गरी रथी थापालाई कायममुकाय प्रधानसेनापतिको जिम्मेवारी दिएको थियो ।

थापाले सैनिक मुख्यालय जङगीअड्डा पुगेर आजदेखि नै नेपालको ४३ औँ प्रधानसेनापतिको रूपमा कार्यभार सम्हाल्नेछन् ।