काठमाडौं– भारत सरकारले काठमाडौं जाने विमानहरुमा विशेष सुरक्षा दस्ता (एयर मार्सल)को संख्यामा बृद्धि गरेको छ ।


ADVERTISEMENT


भारतीय सुरक्षा एजेन्सी र हवाई सेवासम्बन्धी निकायहरुलाई प्राप्त विमान अपहरण हुनसक्ने गोप्य सूचनाको आधारमा मार्सलको संख्या बढाइएको छ ।


ADVERTISEMENT

# # #


भारतको वायुसेवा सुरक्षा उच्च अधिकारीलाई उद्धत गर्दै उक्त पत्रिकाले इन्टेलिजेन्स एजेन्सीले प्राप्त गरेको काठमाडौं र काबुल उडानका भारतीय विमान अपहरण हुने सूचनाका आधारमा एयर मार्सलको संख्यामा बृद्धि गरिएको जनाएको छ । तर, त्यस्तो सूचना कहिले प्राप्त भयो भन्ने ती अधिकारीले खुलाएका छैनन् ।

तर, एयर मार्सलको संख्यामा गरिएको बृद्धिका बारेमा काठमाडौंस्थित सरकारी अधिकारीहरु भने अनभिज्ञ देखिए ।

एयर मार्सलको संख्यामा बृद्धि गर्दा गृह मन्त्रालयको पूर्व स्वीकृति लिएर त्यसको जानकारी सम्बन्धित निकायलाई दिनुपर्ने हुन्छ । तर, संस्कृतिक पर्यटन तथा नागरिक उड्डयन प्राधिकरणका सहसचिव सुरेश आचार्यले एयर मार्सलको संख्या बढाइएको बारे थाहा नभएको बताए ।

‘गृह मन्त्रालयको पूर्वस्वीकृति लिए पछि आधिकारिक निकायलाई जानकारी हुनुपर्ने हो, तर, अहिलेसम्म त्यस बारेमा कुनै जानकारी आएको छैन,’ उनले भने । – भारतीय अंग्रेजी दैनिक हिन्दुस्तान टाइम्सबाट