रौतहट– रौतहटमा मोटरसाईकलबाट लडेर एक महिलाको मृत्यु भएको छ ।


ADVERTISEMENT


गरुडा नगरपालिका ७ पिपरीयाका शिक्षक माझीलाल यादवले चलाएको बिआर ०५ ए ०५२९ नम्बरको मोटरसाईकलबाट लडेर उनकी श्रीमती ३९ बर्षीया फुलवन्ती देवीको मृत्यु भएको हो ।


ADVERTISEMENT

# # #


लड्दा टाउकोमा गम्भीर चोट लागेको फुलवन्ती देवीको वीरगंजस्थित एलएस न्युरो अस्पतालमा उपचारको क्रममा गएराती मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी निरीक्षक उदयभान दुबेद्धीले जानकारी दिए ।

सोमवार बिहान घरबाट कोचिङ क्लास लिन गरुडा जानेक्रममा झाँझपुल नजिक जोल्ठिङमा मोटरसाईकलको चक्का पर्दा दुर्घटना भएको प्रहरीले जनाएको छ ।