चितवन – गएराति साढे १ बजेदेखि पहिरो आएर अवरुद्ध बनेको नारायणगढ मुग्लिन सडकखण्ड १८ घण्टापछि एकतर्फी रुपमा सञ्चालनमा आएको छ ।


ADVERTISEMENT


जिल्ला प्रहरी कार्यालय चितवनका डिएसपी प्रभु ढकालका अनुसार साँझ साढे ६ बजेदेखि सडक एकतर्फी रुपमा सञ्चालनमा आएको छ ।
ठूलो पहिरो आएर अवरुद्ध बनेको चारकिलोमा दिनभरको प्रयासबाट पहिरो पन्छाएर सडक सञ्चालनमा ल्याइएको उनले बताए । सडकमा अत्याधिक सवारी चाप भएको कारणले सहज सञ्चालन हुन अझै केही समय लाग्ने ढकालले जानकारी दिए ।


ADVERTISEMENT

# # #


प्रहरीले मुग्लिनबाट नारायणगढ जाने र नारायणगढबाट मुग्लिनतर्फ जाने गाडीलाई पालैपालो पास गराइरहेको छ । साना सवारीसाधन र बसलाई प्राथमिकतामा राखेर पास गराउने तयारी गरिएको डिएसपी ढकालले बताए ।