चितवन– यही असोज ३ र ४ गते नारायणगढ बसपार्कमा छैठौँ राष्ट्रिय लाखेनाच प्रतियोगिता हुने भएको छ । लोक संस्कृति संरक्षण तथा राष्ट्रिय लाखेनाच प्रतिष्ठान नेपालको आयोजनामा प्रतियोगिता हुन लागेको हो ।


ADVERTISEMENT


प्रतियोगितामा यस वर्ष ४० समूहले सहभागिता जनाउने भएका छन् । प्रतिष्ठानका अध्यक्ष निर्जललाल श्रेष्ठका अनुसार पूर्वको इलामदेखि सुदुरपश्चिमसम्मका समूहले सहभागिता जनाउने छन् ।


ADVERTISEMENT

# # #


दुई दिनसम्म सञ्चालन हुने प्रतियोगितामा प्रथम, द्वितीय, तृतीय र सान्त्वना पाउने चार समूहले पुरस्कार पाउनेछन् । क्रमशः रु ७५ हजार, रु ५० हजार, रु २५ हजार र रु १० हजार गरी कुल पुरस्कार रकम रू १ लाख ६० हजार वितरण गरिने निर्वतमान अध्यक्ष राजेन्द्रकुमार पियाले जानकारी दिएका छन् ।

प्रतियोगिता शुरु हुनु अगाडि असोज ३ गते बिहान नारायणगढमा शोभा यात्रा निकालिने छ । लोप हुँदै गएको संस्कृति जोगाउन र नयाँपुस्तालाई सभ्यताको जानकारी गराउने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको लोक संस्कृति संरक्षण तथा राष्ट्रिय लाखेनाच प्रतिष्ठान नेपालले जनाएको छ । रासस