काठमाडौँ– गत वर्षको आम निर्वाचनमा पराजित तत्कालीन नेकपा एमालेका नेता वामदेव गौतमलाई जसरी पनि सांसद बनाउन नेकपा प्रयासरत छ । त्यसका लागि डोल्पा ठाउँ खाली गराउन खोजियो । तर त्यहाँका कार्यकर्ताले मानेनन् ।


ADVERTISEMENT


अब पार्टीको ध्यान बाँके क्षेत्र न‌ं ३ मा केन्द्रित भएको छ । त्यो मिलाईदिन नेकपाका महासचिव विष्णु पौडेल नै लागिपरेका छन् ।


ADVERTISEMENT

# # #


पौडेलले बाँके ३ का सांसद नन्दलाल रोकायलाई शुक्रबार बोलाएर ठाउँ खाली गरिदिन आग्रह गरेका छन् । रोकयले यसको पुष्टि गरेका छन् ।

सा‌ंसद रोकायाले पार्टीले राष्ट्रिय आवश्यकता ठानेर आधिकारिक निर्णय गरेमा सोच्न सकिने जवाफ दिएका थिए । ‘वामदेवजीलार्इ संसदमा ल्याउनैपर्ने राष्ट्रिय आवश्यकता हो भनेर त्यसमा पार्टीले निर्णय गर्छ भने म छोड्छु,’ उनले भने, ‘तर व्यक्तिगत हिसाबले भने म छोड्न तयार छैन ।’ – आजको अन्नपुर्ण पोष्टबाट