नेपाल निर्माण व्यवसायी महासंघको नयाँ नेतृत्वको लागि चुनाव नजिकै आइरहेको परिपेक्ष मा महासचिवका उम्मेदवार दिपक गौतमसंग निर्वाचन र उनका चुनावी एजेण्डाका बारेमा हिमालय पोष्टले गरेको कुराकानी :


ADVERTISEMENT


नेपाल निर्माण व्यावसायी महासंघको चुनाव आइरहँदा दौडधूप कत्तिको बढेको छ ?


ADVERTISEMENT

# # #


निश्चय पनि । २०५४ सालमा स्थापना भएको निर्माण व्यावसायी महासंघको तीन वर्षमा हुने राष्ट्रिय अधिवेशन आएको छ । १२/१३ हजार निर्माण व्यावसायीहरुको छाता संगठनको चुनाव हुँदैछ । ११ औँ अधिवेशन र २०औँ साधरण सभा सुरु भएको छ । व्यवस्ता त बढि नै हाल्ने भयो ।

 महासंघको निर्वाचन मुखैमा आइरहेका बेला तपाईले पनि महासचिव पदका लागि उम्मेदवारी घोषणा गरिसक्नु भएको छ । खासमा तपाईको उम्मेदवारी केका लागि ?

मैले जिल्ला, प्रदेशमा एक एक कार्यकाल पूरा गरिसकेको छु । इलाम जिल्ला निर्माण व्यवसायी संघमा, तत्कालीन पूर्वाञ्चल क्षेत्रीय निर्माण व्यवसायी संघमा, केन्द्रीय कार्य समितिमा गरी एक एक कार्यकाल पूरा गरिसकेको छु । यो बीचको मेरो सांगठनिक र २४ वर्ष लामो व्यावसयिक र चार वर्षे अन्ततर्राष्ट्रिय (कतारमा पनि हामी कम्पनी खोलेका थियौँ) अनुभव नेपालको केन्द्रीय तहमा पुगेर कार्यान्वयन गर्न चाहन्छु । राजनीतिक संक्रमण सकेर अहिले एउटा स्थिर सरकार पाएको परिस्थितिमा देशकै एक मात्र एजेण्डा आर्थिक समृद्धि र विकास भएको छ ।

ठूलाठूला निर्माण कम्पनी खोलेर विदेशमा निर्यात गरेर समृद्ध हुने भन्दा पनि देशमा भएका स्रोत साधनको समुचित प्रयोग गरी एउटा समुन्नत नेपाल निर्माण गर्नका लागि हामी लाग्नु पर्दछ । जलस्रोत, पर्यटन र कृषि नै हाम्रो समृसद्धका मूल साधन हुन् । त्यसका सदुपयोग गर्नका लागि पूर्वाधार चाहिन्छ । पूर्वाधार कसले बनाउने भन्दा हामीले बनाउने हो । निर्माण व्यावसायीले बनाउने हो । आजको आवश्यकताको स्थिति हेर्दा हामी सरकारको सबैभन्दा नजिकको सहयात्री हौँ । त्यसका लागि म काम गर्न चाहन्छु ।

निर्वाचन आउँदा मात्रै निर्माण व्यवसायी संघ बाहिर आउँछ, अघिपछि अत्तोपत्तो हुँदैन भन्ने गरिन्छ । देशमा विकास र समृद्धिको एजेण्डा तय गरिरहँदा निर्माण व्यवसायी महासंघको यसमा भूमिका के रहन्छ ?

निर्माण व्यवसायी संघले अहिले पनि काम गरिरहेको छ । यसअघि पनि हामीले विभिन्न समयमा सरकारलाई सहयोग गर्दै आइरहेका छौँ । मैँले अघि पनि भनेँ, यस परिस्थितिमा हामी सरकारको नजिकको सहयात्री हौँ । नेपालको भौगोलिक बनावटका हिसाबले हामी पृथक छौँ । जातीय र सांस्कृतिक हिसाबले पनि नेपाल फरक छ । मैँले यो किन जोडेको हो भने, विदेशी कम्पनी आएर लगानी गर्ने अवस्था छैन । आजसम्मको कुरालाई हेर्नेको हो विदेशी कम्पनीले गरेको अधिकांश योजनाहरु असफल भएका छन् । अब कल्ले बनाउने भन्दा नेपालीले नै बनाउने । त्यसमा पनि यिनै १२/१३ हजार निर्माण व्यवसायीले बनाउने हो । हिजो एक मन्त्रीलाई खादा लगाएर स्वागत गर्यो अर्को परिवर्तन हुने भन्ने हल्ला आइहाल्थ्यो । तर अहिले त्यस्तो छैन । राजनीतिक स्थायित्व आएको छ । यहीबेला हो देश निर्माण गर्ने । देश निर्माणमा महासंघको उपस्थिति अब तपाईले दरिलो देख्नुहुन्छ । यसकै लागि पनि मेरो उम्मेदवारी हो ।

उसो भए तपाईका चुनावी एजेण्डा के के छन् ? अथवा, तपाई महासचिवमा निर्वाचित भएपछि आफ्नो कार्यकालमा के गर्नुहुन्छ ? 

अहिले समस्या धेरै छन्, जुन बोलेर सकिँदैन । खासगरी मैँले मुख्यगरी दुईवटा कुराहरु गर्नसक्छु भनेर चुनावी मैदानमा उठेको छ । एउटा भनेको हामीमा अहिले काम भएन भनेर समाचार आइरहेका छन् । त्यसको मुख्य कारण भनेको क्षमता अनुसार कामको जिम्मेवारी दिने कानुन नभएर हो । मेरो पहिलो प्राथमिकता भनेको क्षमता अनुसार काम दिने । उदाहरणको लागि एउटा कारको क्षमता चार जना हुन्छ । मुस्किलले पाँच जना अट्छ । एउटा माइक्रो बसका यात्रुलाई त्यो कारमा ल्याएर राख्ने हो भने दुर्घटना हुन्छ । हामी कार चढाउने ड्राइभर हौँ । १६ जना चढाउनु हाम्रो गल्ती हो ।यस्तै त्यो कारमा १६ जना चढाउन दिने कानुन बनाउने सरकारको पनि गल्ती हो । मैँले भन्न खोजेको के हो भने सबैभन्दा कम लागतमा बनाउने कम्पनीलाई काम दिइन्छ । तर त्यसको क्षमता हेरिँदैन । उसको क्षमता अनुसारको कामको जिम्मेवारी दिने नियम बनाउनु पर्छ । यसले गर्दा गुणस्तरको प्रतिस्पर्धा बढ्छ र काममा लापरबाही हुँदैन । त्यो हुनेबित्तिकै ९० प्रतिशत समस्याको समाधान हुन्छ । मैँले चुनाव जितेमा यत्ति कामको लागि सघाउँछु ।

अर्को भनेको बृहत्त अन्तक्रिया । संसारमा के सिद्धान्त स्थापित छ भने राम्रोसंग बनाएको योजना आधा काम हो । यससंग मैँले बृहत्त अन्तक्रिया जोडिरहेको छु । विकास निर्माणका लागि वन विभाग, ढल विभाग, सडक विभाग, विद्युत प्राधिकरण, टेलिकमजस्ता धेरै निकायहरुले पनि ढिला पारिदिएका छन् । वन विभागको आदेश नआउँदा, समयमा पोल नहटाउदा यस्ता धेरै कुराहरुले ढिलाई गरिदिन्छन् । विकास निर्माणको योजना तर्जुमा गर्नका लागि नेपाल सरकारको आयोजनामा एउटा बृहत्त खालको अन्तक्रिया योजना हो । यसबाट समस्याको समाधान गरेर आगामी रणनीति बनाउने कामहुन्छ । यस्तै अरु योजना पनि छन् । त्यसैका लागि म चुनाव लडेको हुँ ।

अहिले निर्माण कम्पनीको लापरबाहीले गर्दा कतिपय संरचनाहरु निर्माण सम्पन्न नभई बिग्रिएका छन् । त्यस्ता समस्याको समाधानका लागि के काम गर्नुहुन्छ ?

मैँले भनेँ नि, समस्याहरु कती छन् कती ? सँधैँ यी कुरा गरेर देश बन्दैन नि । क्षमता निर्धारण गरेर वा उसको विगतका कामहरु हेरेर योजनाको जिम्मा दिनुपर्यो । व्यवसायी संघले पनि आफुले सकेको काम गर्छ । एउटा निश्चित खाका तयार पारेर हामी अगाडि बढ्नुपर्छ ।

अन्त्यमा, तपाईलाई मतदाताले भोग किन दिने ?

भोट किन दिने भन्दा पनि म आफ्नै एजेण्डा लिएर आएको छु । युवा भएकाले मसंग उत्साह, जोश र जाँगर छ । पूराना व्यक्तिहरुले पदलाई पेशा बनाएका छन् । तर मैले पदलाई पेशा बनाउन जरुरी छैन । किनकी मेरो आफ्नै पेशा व्यवसाय छ । हाम्रोमा अहिले तीन किसिमका मानिस छन् । एउटा राजनीति मात्रै गने, अर्को राजनीति पनि गर्ने कापनि गर्ने र अर्को काम मात्रै गर्ने । म हिजो काम मात्रै गर्ने थिएँ । अब महासचिवमा लडिसकेपछि कामका साथै राजनीति पनि गर्नुपर्छ । निश्वार्थरुपमा संघलाई अगाडि बढाएर देशको विकास र समृद्धिको लक्ष्यमा पुग्नका लागि आफ्नो स्थानबाट सकेजतिको सहयोग गर्नेछु । हिजो काम गरेर आएकाले यहाँ के कस्ता समस्या छन् भन्ने मैँले बुझेको छु । खासमा संघलाई चाहिएको नै हामीजस्ता मानिस हो ।