काठमाडौं – चालकहरु आन्दालेनमा उत्रिएपछि  काठमाडौंमा पेट्रोलियम पदार्थ अभाव भएको छ । पेट्रोल पम्पहरुमा सवारीसाधनको लाइन लागे ता पनि अधिकांश निजी पम्प बन्द छन् भने खुलेका केहीमा लामो लाइन छ ।


ADVERTISEMENT


साझा, सेना तथा प्रहरीले सञ्चालन गरेका पम्पहरुमा अझ लामो लाइन छ । मुलुकी फौजदारी ऐनले चालकलाई तोकेको जेल सजायविरुद्ध ट्यांकरसहित सम्पूर्ण सवारी चालकले विरोध गरेपछि अभाव देखिएको हो ।


ADVERTISEMENT

# # #


काठमाडौंमा रहेका १ सय २० वटाभन्दा बढी पेट्रोल पम्पले मागभन्दा केही बढी भण्डारण गर्ने गर्छन् । निगमले बुधबार गरेको आपूर्ति र पम्पहरुको भण्डारणको हिसाब गर्दा बिहीबार दिनभर कुनै असहजता सिर्जना हुनु नपर्ने थियो । तर, सर्वसाधारणले बिहीबार दिनैभर सकस भोग्नुपर्यो ।

काठमाडौँमा पेट्रोल अभाव हुदा बिहीबार बेलुकी देखिनै सवारीसाधन पेट्रोलको लाइनमा थिए । शुक्रबार (आज) पनि लाइन उत्तिकै छ ।