लहान– सिरहाको जिरोमाइल–बरियारपट्टि सडकखण्डस्थित सुखिपुर नगरपालिका–२ मा गएराति दुई मोटरसाइकल एकापसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन् ।


ADVERTISEMENT


सुखीपुरबाट जिरोमाइलतर्फ आउँदै गरेको स ९ प १११ नं को मोटरसाइकल र विपरीत दिशाबाट जाँदै गरेको स २ प १३०९ नं को मोटरसाइकल एकापसमा ठोक्किँदा स ९ प १११ नं को मोटरसाइकलका चालक सिरहाको बरियारपट्टी गाउँपालिका–४ निवासी बिकाउ यादवको मृत्यु भएको हो ।


ADVERTISEMENT

# # #


दुर्घटनामा परी गम्भीर घाइते यादवको उपचारको क्रममा लहानस्थित सप्तऋषि अस्पतालमा मृत्यु भएको इलाका प्रहरी कार्यालय लक्ष्मीपुर पतारीका प्रहरी निरीक्षक रविभूषण यादवले जानकारी दिएका छन् ।

सोही दुर्घटनामा परी स२प १३०९ मोटरसाइकलमा सवार सिरहाकै धनगढीमाई नगरपालिका–५ निमचोक निवासी २६ वर्षीय राम उदगार महतो गम्भीर घाइते भएको र उनको लहानस्थित सप्तऋषि अस्पतालमा उपचार भइरहेकोे इलाका प्रहरी कार्यालय लक्ष्मीपुर पतारीले जनाएको छ । रासस