काठमाडौं– स्टेजमा बादशाह भनेर चिनिने भारतीय र्‍यापर आदित्य प्रतिक सिंह सिसोडिया काठमाडौं आइपुगेका छन् । उनी १४ औं दरबारमार्ग स्ट्रिट फेस्टिबलमा कन्सर्टका लागि काठमाडौं भित्रिएका हुन् ।


ADVERTISEMENT


टिभीएस मोटर्स इन्डिया र जगदम्बा मोर्टर नेपालको सहकार्यमा आयोजित उक्त कन्सर्ट शनिबार १२ बजेदेखि सुरु हुँदैछ । कन्सर्टमा निःशुल्क प्रवेशको व्यवस्था मिलाइएको छ ।


ADVERTISEMENT

# # #


उक्त कन्सर्टमा बादशाहलगायत नेपाली कलाकार इन्दिरा जोशी, एडरे, एज ब्यान्ड, बुगी वुगीका टप थ्री तथा नेपाल आइडलका टप थ्री कलाकारको प्रस्तुती रहने छ ।

उक्त फेस्टिबलमा खानाका स्टलहरुका साथै किड्स जोन पनि रहनेछ । कार्यक्रममा टिभिएस एनटर्कका पहिलो ५० जना ग्राहकले बादशाहलाई भेट्न पाउनेछन् । एकजना भाग्यशाली दर्शकलाई बम्पर उपहारस्वरुप टिभिएसको एनटर्क स्कूटर प्रखान गरिने बताइएको छ ।