काठमाडौँ– एएफसी एसियन कप छनौट अन्तर्गत तेस्रो चरणको खेलमा नेपाल र यमनबीचको खेल जारी छ ।


ADVERTISEMENT


समूह एफमा रहेको नेपालले यमनसँग होम म्याच अन्तर्गत आज काठमाडौँमा रहेको सशस्त्र प्रहरीको हलचोक मैदानमा यमनसँग खेलिरहेको छ । खेल अपरान्ह तीन बजेदेखि सुरु भएको थियो । खेलको पहिलो हाफ सकिएर दोस्रो सुरु भएको छ । दुबै टिम ०–० गोलको अनस्थामा खेलिरहेका छन् । दुबै टिमले गोलका लागि मौका पाएपनि अहिलेसम्म कसैको गोल हुन सकेको छैन ।


ADVERTISEMENT

# # #


नेपाली टोलिको कप्तानी विराज महर्जन सम्हालेका छन् । नेपाली टोलीमा अनन्त तामाङ, आदित्य चौधरी, कमल श्रेष्ठ, विशाल राई, अन्जन विष्ट, सुकल श्रेष्ठ, रोहित चन्द, नवयुग श्रेष्ठ, भरत खवास छन् भने किरण चेमजोङ गोलकिपरको भूमिकामा मैदान उत्रिएका छन् ।

यस्तै यमनको सुरूवाती टोलीमाः मोहम्मद इब्राहिम अइयास, मोहम्मद ओमार, मुदीर अल रादेइ, वाहिद मोहम्मद, अला मोहम्मद अब्दुल्लाह, अब्दुलवासी अल मातारी, अहमेद अली, अला अद्दिन महदी, त्वफिक अली, अहमद नविल, मोहम्मद बा रोइस् छन् ।

पछिल्लो समय सन् २०१४ मा मार्चमा कतारमा भएको मैत्रीपूर्ण खेलमा नेपालले यमनसँग २–० को पराजय ब्यहोरेको थियो