काठमाडौँ– बंगलादेशमा जारी एसीसी यू १९ एशिया कप अन्तगर्त आफ्नो अन्तिम खेलमा नेपालले रोमाञ्चक जित निकालेको छ । यूएईलाई तीन विकेटले पराजित गर्दै यस वर्षको एशिया कपको यात्रा नेपालले सुखद् अन्त्य गरेको हो ।


ADVERTISEMENT


बंगलादेशको ‘बीकेएसपी ४’ मैदानमा टस जितेर ब्याटिङ रोजेको यूएईले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै २६८ रन बनायो । २६९ रनको चुनौति पच्छ्याएको नेपालले ४९.१ ओभरमा ७ विकेटको क्षतीमा २७५ रन बनायो । नेपालका लागि राहित पौडेलले उत्कृष्ट प्रदर्शन गर्दा राशिद खानले सनसनीपूर्ण ब्याटि गरे ।


ADVERTISEMENT

# # #


राहितले नेपाललाई जित दिलाउने क्रममा ८८ बलमा रु९२ रन बनाएर रनआउट भए । यस क्रममा उनले ६ चौका र ३ छक्का प्रहार गरे । यस्तै विष्फोटाक ब्याटिङ गरेका राशिद खानले मात्र १४ बलमा २७ रन ठोके । आठौँ नम्बरमा आएका उनले ३ छक्का प्रहार गरे । अन्तिममा नेपालको जित टाढा हुँदै गइरहेका बेला यी दुईले ३२ बलमा ५४ रनको साझेदारी गरे । जसमा एक चौका र ६ वटा छक्का समावेश थियो ।

नेपालले पहिलो विकेटका रुपमा ३.३ ओभरमा १५ रनमा तृतराज दास (६)लाई गुमाएको थियो । त्यसपछि ७.५ ओभरमा ४५ रन हुदा दोस्रो विकेटका रुपमा रित गौतम व्यक्तिगत १८ रनमा आउट भए । यस्तै संधैँजस्तो ओपनिङ नल्चिलिरहेका बेला आज कप्तान आशिफ शेखले सन्दीप जोरासंग मिले नेपालको इनिङ उकासेका थिए ।

व्यक्तिगत ५ चौकाका मदतमा ३५ रन बनाएका उनले सन्दीपसंग ५९ रनको साझेदारी गरे । यस्तै नेपालका लागि सन्दीप जोराले ६७ रन बनाए । उनले रोहित पौडेलसंग मिलेर ४९ रनको साझेदारी गरे । यस्तै पवन सर्राफ ९ र अरुण ऐरी ४ रनमा आउट भए ।

यूएईका लागि आरुन बेञ्जामिन र आर्यान लाक्राले समान २/२ विकेट लिए । यस्तै कार्तिक पार्लानिप्पन र फहाद नवाजले आफ्नो नाममा १/१ विकेट लेखाए ।

यसअघि यूएई लागि कप्तान फहाद नवाज र अनसले उत्कृष्ट सुरुवात दिलाउँदा युएईले विशाल योगफल तयार गरेको हो । उनीहरुले पहिलो विकेटका लागि १५९ रनको साझेदारी गरेका थिए ।

यसक्रममा नवाजले ९५ बलमा ८३ रन प्रहार गरे । उनले ५ चौका र ३ छक्का ठोके । यस्तै अनसले ८१ बलमा नन्दन यादवको बलमा रोहित पौडेलबाट क्याच हुनुअघि ८ चौका र एक छक्काको मदतमा ६७ रन बनाए । यस्तै ब्रान्डम अदाम र मुहम्मद ए ले समान १८ रन बनाउँदा मुहम्मद अलिले १६ तथा जोनाथन फिजी १५ रन प्रहार गरे । यस्तै शेद हैडरले १२ बनाएर आउट भए भने कार्तिक पर्लानिप्पन ११ रनमा नटआउट रहे ।

युएईको पहिलो विकेट ढाल्न नेपाललाई हम्मेहम्मे भएको थियो । सूर्य तामाङले अनसलाई आउट गरेपछि २७.३ ओभरमा नेपालले पहिलो विकेट हात पार्यो । नेपालका लागि नन्दन यादव, राशिद खान र पवन सर्राफले समान २/२ विकेट लिए । यस्तै सूर्य तामाङ र सागर ढकालका नाममा समान १/१ विकेट रह्यो ।

रोहित पौडेल म्यान अफ दि म्याच घोषित भए ।  सुरुवाती दुई खेल हारेर प्रतियोगिताबाटै बाहिरिएका यी दुबै टोलीको लागि यो प्रतिष्ठाको खेलमात्र थियो ।