काठमाडौं– ५५ वर्षसम्म फरक राजनीतिक ‘स्कुलिङ’मा रहेका दुई ठूला कम्युनिस्ट घटकले चुनावी गठबन्धनदेखि पार्टी एकतासम्मको अवधि पूरा गरेको एक वर्ष बितेको छ ।


ADVERTISEMENT


गत वर्ष १७ असोजमा नयाँ शक्ति पार्टीलाई समेत साथ लिएर तत्कालीन एमाले–माओवादीले प्रतिनिधिसभा तथा प्रदेशसभा चुनावमा चुनावी तालमेल र लगत्तै पार्टी एकता गर्ने औपचारिक समझदारीपत्रमा हस्ताक्षर गरेका थिए ।


ADVERTISEMENT

# # #


समझदारीविपरीत नयाँ शक्ति गठबन्धनमा १० दिन पनि टिक्न सकेन । दुई घटकले भने गत जेठ ३ मा पार्टी एकता गरे ।

केन्द्रमा एकता भएको १ सय ३९ दिन पुगे पनि अझै ७ प्रदेश, २२ जनसंगठन, एक सम्पर्क समन्वय कमिटी, एक प्रवास कमिटी र मातहत कमिटीको अझै एकता हुन सकेको छैन । केन्द्रदेखि स्थानीय तहसम्म एकता प्रक्रिया अझै संस्थागत हुन सकेको छैन।

के–के भयो वर्ष दिनमा ? गठबन्धनदेखि एकतासम्म

– ०७४ असोज १७ः एमाले–माओवादी र नयाँ शक्तिले चुनावी तालमेल र पार्टी एकताको सैद्धान्तिक सहमतिपत्रमा हस्ताक्षर

– ०७४ असोज २८ः गठबन्धनवाट नयाँ शक्तिको बहिर्गमन

– ०७४ कात्तिक १५ः एमाले–माओवादीले प्रदेश तथा प्रतिनिधिसभा चुनावका लागि ६०–४० का अनुपातमा

निर्वाचन क्षेत्र बाँडफाँट

– ०७४ पुस २८ः कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारबाट माओवादी केन्द्रको बाहिरने निर्णय।

– ०७४ फागुन ३ः एमाले अध्यक्ष केपी ओली प्रधानमन्त्रीमा नियुक्त।

– ०७४ फागुन ७ः एकीकृत पार्टी नामलगायत सातबुँदे सहमति।

– ०७५ जेठ ३ः पार्टी एकताको औपचारिक घोषणा।

आजको अन्नपुर्ण पोष्टबाट