काठमाडौँ– भाषा, साहित्य एवम् संस्कृतिमा अतुलनीय योगदान पुर्याएका ‘वाङ्मय शताब्दी पुरुष’ सत्यमोहन जोशी सम्मानित भएका छन् ।


ADVERTISEMENT


कृष्णलक्ष्मी–लक्ष्मी श्रेष्ठ स्मृति प्रतिष्ठानद्वारा आज आयोजित कार्यक्रममा उनलाई सम्मानसहित रु ५१ हजार प्रदान गरिएको हो । विकट पहाडी क्षेत्रमा स्वास्थ्य सेवा पुर्याएबापत गत वर्ष डा लोचन कार्की सम्मानित भएका थिए ।


ADVERTISEMENT

# # #


प्रतिष्ठानका अध्यक्ष रोशन श्रेष्ठले प्रतिष्ठानले स्थापनाकालदेखि विभिन्न क्षेत्रमा उत्कृष्ट योगदान पुर्याउने व्यक्तित्वलाई सम्मान गर्दै आइरहेको जानकारी दिए । पूर्वअर्थमन्त्री एवम् प्रतिष्ठानका सदस्य शङ्कर कोइरालाले प्रतिष्ठानका गतिविधिका बारेमा जानकारी दिएका थिए ।