काठमाडौं – मधेश केन्द्रित दल राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले सरकारलाई दिएको समर्थन फिर्ता लिने चेतावनी दिएको छ ।


ADVERTISEMENT


सोमबार प्रधानमन्त्री केपी ओलीलाई बुझाउँदै राजपालाई सरकारले गरेका प्रतिवद्धता पूरा नगरेमा समर्थन फिर्ता लिने चेतावनी दिएको हो । संविधान संशोधन प्रक्रिया अगाडि बढाउने र मधेस थरुहट आन्दोलनसँग सम्बन्धी मुद्दा समाधान गर्ने प्रतिवद्धता जनाएपछि सरकारलाई सर्मथन गरेको थियो । तर, प्रतिवद्धता पुरा नभएको भन्दै समर्थन फिर्ता लिने चेतावनी दिएको छ ।


ADVERTISEMENT

# # #


‘सरकार गठन भएको ७ महिना बितिसक्दा पनि यहाँको तर्फबाट अहम सवालहरुमा हालसम्म कुनै पहल नहुनु दुर्भाग्यपूर्ण हो’ ज्ञापन पत्रमा भनिएको छ, ‘दुई तिहाई बहुमतको सरकारको रवैयाले सम्पूर्ण जनता हतास र निराश भएका छन् । राजपा नेपालले यहाँ नेतृत्वको सरकारलाई दिएको समर्थनको निरन्तरता कत्तिको औचित्यपूर्ण छ भन्ने गम्भीर सवाल उत्पन्न भएको छ ।’

आशा विश्वास र उत्साहपूर्वक बनेको दुई तिहाईको सरकार हरेक मामिलामा असफल हुँदै गइरहेको राजपाको आरोप छ । राजपाले कैलाली-१ बाट निर्वाचित आफ्ना सांसद रेशम चौधरीको शपथ ग्रहण नहुनु लोकतान्त्रिक व्यवस्थामा जनताको मतादेशको सर्वोच्चताको खिल्ली उडाउने काम भएको बताएको छ ।