काठमाडौं– बडादशैँका अवसरमा पशुपति स्थित राजराजेश्वरीमा पाँचटाउके महादेवको अवलोकन र दर्शन गर्न पाइने भएको छ । पुजारी पुरुषोत्तम कर्माचार्यले यसको व्यवस्थापन गरिने जनाकारी दिए ।


ADVERTISEMENT


धार्मिक क्षेत्रमा महादेव, जुँगे माहादेव र पाँच टाउके महादेवको आ–आफ्नै महत्व रहेको धार्किक ग्रन्थमा वर्णन छ । घटस्थापनका दिनदेखि कोजाग्रत पूर्णिमासम्म यी महादेवसँग भक्तजनले साक्षत्कार गर्न पाउनेछन् ।


ADVERTISEMENT

# # #


अमलाकोट कचहरी कार्यालयका द्वारे पूर्ण डङ्गोलका अनुसार यहाँको शक्ति पीठ झङ्केश्वरी, वनकाली, गुहेश्वरी, भुवनेश्वरी, जयवागेश्वरीमा विशेष अर्चना यो पल्ट हुँदैछ भने अमालकोटमा रहेको तलेजुमा पनि योपल्ट भव्य अर्चना हुँदैछ ।

पाँच टाउके महादेवको मूर्ति अवलोकन दुर्लभ मानिन्छ । – आजको गोरखापत्रबाट