चितवन– भरतपुर महानगरपालिका–१० अस्पताल रोडस्थित दुर्गामणि गौतमको घरमा गए राति आगलागी भएको छ । आगलागीबाट होटल, दूध डेरी र किराना पसलमा क्षति पुगेको छ ।


ADVERTISEMENT


जिल्ला प्रहरी कार्यालयका अनुसार भरतपुर महानगरपालिका र कावासोती नगरपालिकाको दमकल, प्रहरी, सेना, सशस्त्र प्रहरी, स्थानीयवासीले आगो निभाएका थिए ।


ADVERTISEMENT

# # #


प्रहरी नायब उपरीक्षक प्रभुप्रसाद ढकालका अनुसार छाहारी होटल, पौडेल दूध डेरी र किराना पसल पूर्ण रुपमा क्षति भएको छ । ग्यास चुहिएर होटलमा आगलागी भएको हो ।