काठमाडौँ– चलचित्र कलाकार संघका अध्यक्ष रामकेशर बोगटीको ५८ बर्षको उमेरमा निधन भएको छ । आज बिहान आफ्नो घर टिकाथली नजिकै रुख काटेको हेर्ने क्रममा विजुलीको पोलले लागेर उनको निधन भएको हो ।


ADVERTISEMENT


काटेको रुढ ढल्ने क्रममा बिजुलीको पोलमा लागेको थियो । उक्त भार थेग्न नसक्दा ट्रान्समिटर सहितको पोल ढलेको थियो । पोल लागेर बोगटीको निधन भएको जनाइएको छ । उपचारका क्रममा ललितपुरस्थित बि एण्ड बी अस्तालमा  निधन भएका उनको पाटन अस्पतालमा पोष्टमार्टम गरिएको छ ।


ADVERTISEMENT

# # #


को हुन् बोगटी ?

चलचित्र छायाँकनका लागि बोगटी स्टुडियो निर्माण गरेका बोगटी साना पर्दा तथा ठूला पर्दाका राम्रा कलाकार मानिन्थे । बोगटी स्वाभिमान र माया गर ल चलचित्रका निर्माता हुन् । उनले दर्जन बढी चलचित्र तथा टेलिश्रृंखलामा अभिनय गरेका छन् ।

उनले केही चलचित्र पनि निर्माण गरेका थिए । हाल चलचित्र कलाकार संघका अध्यक्ष समेत रहेका उनले आफ्नै निजी लगानीमा कलाकार संघको भवन निर्माणको मुद्दा उठाएर चौधौं महाधिवशेनबाट संघको नेतृत्वमा पुगेका थिए ।