काठमाडौं – नेकपाका नेता तथा काठमाडौं क्षेत्र नं. ७ का प्रतिनिधिसभा सदस्य रामवीर मानन्धरले राजीनाको घोषणा गरेका छन् ।


ADVERTISEMENT


मानन्धरले राजीनामा दिने घोषणा गरेसँगै नेता वामदेव गौतमका लागि बाटो खुलेको छ । उक्त क्षेत्रबाट उपचुनावमा बर्दिया १ बाट पराजित नेता गौतमलाई उठाउने तयारी छ ।


ADVERTISEMENT

# # #


मंगलबार संवाद चौतारीमा पत्रकार सम्मेलन गरी मानन्धरले पार्टी एकताका लागि महत्वपूर्ण भूमिका खेलेका वामदेव गौतम संसदमा हुनुपर्ने भन्दै आफूले सहज रुपमा देश विकास गर्न राजीनामा दिने बताए ।

पार्टीले भने बमोजिम नै आफुले राजीनामा दिएको भन्दै उनले वामदेव संसदमा गए देश विकास हुने दाबी गरे । ‘उहाँले एमाले–माओवादी केन्द्रको गठबन्धन र पार्टी व्यवस्थापनमा प्रभावकारी भूमिका खेल्नु भएको छ ।’ उनले भने, ‘संसदमा आउनु भयो भने काठमाडौं ७ को मात्र नभइ देशकै विकास हुन्छ ।’

गत संसदीय निर्वाचनमा काठमाडौं ७ मा नेकपाका विजयी मानन्धरले १८ हजार १ सय २ मत ल्याएका थिए। त्यहाँ कांग्रेसले राप्रपाका विक्रम थापालाई समर्थन गर्दै उम्मेद्वार उठाएको थिएन। राप्रपाका विक्रम थापाले १० हजार ७९ मत पाएका थिए।