काठमाडौं– काठमाडौं चन्द्रागिरी नगरपालिका–२ नागढुङगाबाट संरक्षित वन्यजन्तु चितुवाको पूर्ण कदको छाला ४ थान सहित ४ जनालाई सोमबार प्रहरीले पक्राउ गरेको छ ।


ADVERTISEMENT


पक्राउ पर्नेहरुमा कपिलवस्तु नगरपालिका–८ का २८ वर्षीय सुराजन थापा, गोरखा घर भएका २३ वर्षीय सलिम मिया, स्याङ्जा रत्नपुर बस्ने २३ वर्षीय सोमराज श्रेष्ठ र अर्घाखाची सन्धिखर्क नगरपालिका–७ का २८ वर्षीय मानबहादुर नेपाली रहेका छन् ।


ADVERTISEMENT

# # #


महानगरीय प्रहरी परिसर काठमाडौंबाट खटिएको प्रहरी टोलीले काठमाडौं चन्द्रागिरी नगरपालिका-२ नागढुङगामा जाँच गर्ने क्रममा विक्री वितरण गर्ने उद्देश्यले झोलामा लुकाई छिपाई राखेको अवस्थामा उनीहरुलाई उक्त चितुवाको छाला सहित फेला पारी पक्राउ गरेको हो ।

पक्राउ अभियुक्तहरुलाई आवश्यक कारवाहीको लागि प्रहरीले जिल्ला वन कार्यालय हात्तिसार पठाएको जनाइएको छ ।