काठमाडौँ– नेकपाका नेता वामदेव गौतमलाई संसद्मा ल्याउन उपनिर्वाचन गरिए राज्यकोषबाट करोडौं रुपैयाँ खर्चिनुपर्ने अवस्था आउनेछ । निर्वाचन आयोगका अनुसार गएको प्रतिनिधिसभा निर्वाचनमा प्रतिमतदाता ५ सय ६ रुपैयाँ खर्च भएको थियो ।


ADVERTISEMENT


गौतमका लागि पछिल्लो पटक चर्चामा ल्याइएको काठमाडौं क्षेत्र नम्बर ७ मा ५७ हजार ५ सय ५८ जना मतदाता छन् । त्यो रेकर्ड अघिल्लो निर्वाचनको हो । त्यही मतदातालाई अघिल्लै निर्वाचनको खर्चसँग तुलना गर्ने हो भने उपनिर्वाचन गराउँदा २ करोड ९१ लाख २४ हजार ३ सय ४८ रुपैयाँ खर्च हुनेछ ।


ADVERTISEMENT

# # #


त्यो खर्च भनेको निर्वाचन आयोगमार्फत हुने खर्च मात्रै हो । गृह र रक्षा मन्त्रालयमार्फत हुने सुरक्षा खर्च त्यसमा पर्दैन । सुरक्षामा पनि ठूलो धनराशिको खर्च हुनेछ । – कान्तिपुर दैनिकबाट