एजेन्सी– फ्लोरिडा र आसपासका क्षेत्रमा बुधवार माइकल आँधी आउने भयका कारण दशौँ हजार मानिसलाई सुरक्षित स्थानतर्फ लैजान आदेश दिइएको छ ।


ADVERTISEMENT


मेक्सिकोको खाडीबाट अमेरिकाको फ्लोरिडातर्फ माइकल नाम दिइएको विनाशकारी आँधी अघि बढिरहेको बताउँदै अधिकारीहरूले त्यस क्षेत्रका बासिन्दालाई सतर्क रहन वा सुरक्षित स्थानतर्फ जाने आदेश दिएका छन् । बुधवार अमेरिकी भूभाग पुग्ने ’तेस्रो वर्ग’को उक्त आँधीले झण्डै दुई सय किलोमिटर प्रतिघण्टाको वेगमा हुरी ल्याइरहेको बताइएको छ ।


ADVERTISEMENT

# # #


माइकल आँधीले एयालाबामा, फ्लोरिडा र जर्जिया राज्यका भूभागमा क्षति र्पुयाउन सक्ने अनुमान गरिएको छ । आँधीका कारण मध्य अमेरिकाका विभिन्न स्थानमा कम्तीमा १३ जनाको ज्यान गइसकेको बताइएको छ । आँधी अघि बढ्दै गर्दा फ्लोरिडाका अधिकारीहरूले त्यो राज्यको उत्तर पश्चिमी तटीय क्षेत्रमा बसोबास गर्ने मानिहसरूलाई सतर्क रहन चेतावनी दिएका छन् ।

उनीहरूले बुधबार आँधी अमेरिकी भूभाग आइपुग्दा त्यसले ठूलो विनाश निम्त्याउन सक्ने बताएका छन् । फ्लोरिडा राज्यका प्रमुख प्रशासक र आपत्कालीन सेवाका अधिकारीहरूले हजारौँ मानिसलाई घर छोड्न आदेश दिएका छन् ।