ललितपुर– नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशभित्र र बाहिर रहेका प्रतिक्रियावादी शक्तिले सरकारलाई असफल बनाउने षड्यन्त्र गरिरहेको आरोप लगाएका छन् ।


ADVERTISEMENT


नेकपा ललितपुरले दशैँ, तिहार तथा छठका उपलक्ष्यमा शुभकामना दिन आज ललितपुरमा आयोजना गरेको कार्यक्रममा उनले दुई पार्टीबीच एकता भएपछि नेकपा बलियो भएको र यस अवधिमा धेरै ऐतिहासिक काम भएको चर्चा गरे ।


ADVERTISEMENT

# # #


उनले जनताको हितमा काम गर्न आफू र प्रधानमन्त्रीबीच पटकपटक समीक्षा भएको जानकारी दिए । अर्को प्रसङ्गमा काठमाडौँको सबै बाटा केही महीनामा कालोपत्रे भइसक्ने र यसका लागि सरकार लागि रहेको उनले उल्लेख गरे ।

अध्यक्ष दाहालले नेपाल र भारतबीच बाटो र बाँधको समस्या समाधान गर्न दुवै देशका प्रतिनिधि थलोमा गएर काम गर्ने समझदारी भएको बताए । नेकपाका केन्द्रीय सदस्य सुशीला नेपालले नेपालको विकासका लागि कम्युनिष्ट पार्टी सफल हुनुपर्ने धारणा राखे ।

नेकपा ललितपुरका अध्यक्ष हरिकृष्ण ब्यन्जनकारले सरकारलाई असफल बनाउने प्रयास भइरहेकाले सजग हुनुपर्ने बताए ।