काठमाडौँ– राष्ट्रिय मानवअधिकार आयोगले जातीय भेदभाव तथा छुवाछूत अन्त्यका लागि देशव्यापी अभियान चलाउने भएको छ ।


ADVERTISEMENT


आयोगले सो अभियान सञ्चालन सिलसिलामा प्रादेशिक र राष्ट्रिय सम्मेलन सम्पन्न गरी प्रतिवेदन तयार गरेर कार्ययोजनासमेत तयार गरेको आयोगका निमित्त सचिव मुरारीप्रसाद खरेलले जानकारी दिए ।


ADVERTISEMENT

# # #


सम्मेलन तयारीको क्रममा आज आयोगले सरोकारवालासँग राय/सुझाव लिने उद्देश्यले छलफल गरेको छ । छलफलमा सहभागीबाट दलित समुदायका मानवअधिकारका विभिन्न विषयमा सम्मेलन केन्द्रित हुनुपर्ने तथा कानून कार्यान्वयन गर्ने निकायलाई सम्मेलनमा समावेश गर्नुपर्ने सुझाव दिएका थिए ।

त्यसैगरी, दलित र गैरदलित सबैको सहभागिता हुनुपर्ने, सम्मेलनबाट आएका विषयको सम्बन्धमा सरकारलाई सिफारिश गरी सकेपछि आयोगले स्थायी संयन्त्र निर्माण गरी कार्यान्वयनको लागि निरन्तर पहल गर्नुपर्नेलगायत सुझाव दिएका थिए ।

राष्ट्रिय दलित आयोग र दलित गैरसरकारी संस्था महासङ्घ समेतसँग आयोगले यसअघि नै परामर्श गरिसकेको छ ।