काठमाडौं– जिल्ला प्रशासन कार्यालय काठमाडौंले टिपर सञ्चालनमा नयाँ नियम लागू गरेको छ ।


ADVERTISEMENT


प्रशासनले शनिबारदेखि आगामी कात्तिक ५ गतेसम्मको लागि पिक आवरमा बाहेक अरु समयमा ३५ किलोमिटर प्रतिघण्टा नबढ्ने गरी चलाउन पाइने नियम ल्याएको हो ।


ADVERTISEMENT

# # #


नियमअनुसार बिहान ९ देखि ११ः३० बजेसम्म र दिउँसो ५ बजेदेखि साँझ ७ बजेसम्म बाहेक अरु समय टिपर चलाउन पाइने छ ।

अत्यावश्यक निर्माण सामाग्री ढुवानीमा परेको समस्यालाई मध्यनजर गर्दै दशैंको अवसरमा प्रशासनले यो नियम ल्याएको हो ।

यसैबीच ट्राफिक प्रहरीले सावधानी र सुरक्षित पुर्व टिपर संचालन गर्न अनुरोध गरेको छ । टिपर दुर्घटना बढेसँगै यसअघि प्रशासनले रातको समयमा मात्रै टिपर चलाउने अनुमति दिएको थियो ।