मोरङ– दण्ड जरिवाना गरेर भन्दा सचेतना जगाएर मादक पदार्थ सेवन गरी सवारीसाधन चलाउने प्रवृत्ति नियन्त्रण गर्ने प्रयास मोरङ प्रहरीले थालेको छ । मोरङमा बढ्दै गएको सवारी दुर्घटना न्यून गर्न र मापसे गरेर सवारी चलाउदा हुने क्षति बारे जानकारी दिन जिल्ला प्रहरी कार्यालय मोरङले मापसे गरेर सवारी चलाउदा पक्राउ परेकाहरुलाई सचेतना परीक्षा लिन शुरु गरेको हो ।


ADVERTISEMENT


सचेतना परीक्षामा ट्राफिक नियम, कानुनी प्रावधान र व्यवहारिक कुराहरु गरी ८० वटा प्रश्नहरु सोध्ने गरिएको छ । मादक पदार्थ सेवन गरी सवारी साधन चलाउदा पक्राउ परेकाहरुले सचेतना परीक्षा दिनुपर्ने र परीक्षामा उत्तिर्ण नभए सम्म लाइसेन्स फिर्ता नपाउने नियम मोरङमा थालिएको हो । सचेतना परीक्षामा पास हुन ८० प्रतिशत अर्थात ६४ अंक ल्याउने पर्ने भएकाले लाइसेन्स सवारीचालकहरुले तीन पटक सम्म परीक्षा दिएर पास हुने गरेका छन् ।


ADVERTISEMENT

# # #


मापसे नियन्त्रण अभियानका लागि शुरु गरिएको यो कार्यक्रमलाई सडक सुशासन कार्यक्रमसंग जोड्न लागिएको र ट्राफिक नियम उल्लंघन गर्नेले पनि अनिवार्य सचेतना परीक्षा दिनैपर्ने तयारी गरिएको मोरङका प्रहरी उपरीक्षक मनोज केसीले जानकारी दिएका छन् । मोरङ प्रहरीले शुरु गरेको ट्राफिक सचेतना परीक्षामा दैनिक ८० जनाले परीक्षा दिने गरिरहेका छन् ।