काठमाडौं– लामो समयदेखि अस्वस्थ्य रहँदै आएका नेपाली कांग्रेसका नेता एवम् पूर्वमन्त्री चक्रप्रसाद बास्तोलाको निधन भएको छ ।


ADVERTISEMENT


ललितपुरको खुमलटारस्थित आफ्नै निवासमा शनिबार राति ९ः२० बजे नेता बास्तोलाको निधन भएको उनका निजी सचिव राधाकृष्ण काफ्लेले जानकारी दिए । यसैबीच नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले नेता बाँस्तोलाको निधन भएको पुष्टि गरेका छन् ।


ADVERTISEMENT

# # #


बेलुका ९ः२० मा निधन भएको थियो । लगतै डा. हरि शर्मालार्इ खबर गरिएको र उनले चेकजाँच गरेर मृत्यु भएको घोषणा गर्दा १०ः२० भएको पारिवारिक स्रोतले जानकारी दिएको छ । करिब ६ वर्षदेखि अर्धचेत अवस्थामा रहेका बास्तोलाको अवस्था शनिबार थप बिग्रिए पछि बाँसबारीस्थित न्यूरो अस्पताल लगिएको थियो । तर, त्यहाँ थप उपचार सम्भव नभए पछि पुनः निवासमै ल्याइएको थियो ।

उनका श्रीमती र दुर्इ छोरी छन् । दुबै छोरी गरिमा र सुम्निमा देश बाहिर रहेकोका आज मात्र आइपुग्ने र अन्तिम संस्कारमा सहभागी हुने पारिवारिक स्रोतले जानकारी दिएको छ ।

२०६९ साल पुस १४ मोरङको बिराटचोकमा आयोजित बन्धु भेलामा सहभागी भएका बेला ७४ वर्षीय नेता बाँस्तोलालाई मस्तिष्काघात (ब्रेन ह्यामरेज) भएको थियो ।

त्यषसपछि भारतको मेदान्त अस्पतालमा सात महिना उपचारपछि उनलाई घर ल्याइएको थियो । काँग्रेसका पूर्व केन्द्रीय सदस्यसमेत रहेका बास्तोला दरबार हत्याकाण्ड हुँदा गिरिजाप्रसाद क्याबिनेटका परराष्ट्रमन्त्री थिए बाँस्तोला । उनी भारतका लागि नेपाली राजदूतसमेत बनेका थिए ।