काठमाडौं– चालू आवको साउनदेखि असोज १५ गतेसम्ममा भारत तथा तेस्रो मुलुकबाट ५१ हजार ६८० थान मोटरसाइकल तथा अटोरिक्सा, एम्बुलेन्स, ट्र्याक्टर, जीप, कार, भ्यान, विद्युतीय गाडी, बस, मिनीबस तथा माइक्रोबस नेपाल भित्रिएको छ ।


ADVERTISEMENT


दसैँ, तिहार र छठ पर्वलाई लक्ष्य गरी व्यापारीले चालू आवको साउनदेखि असोज १५ गतेसम्म भारत तथा तेस्रो मुलुकबाट ८ अर्ब २८ करोड १८ लाख रुपैयाँ बराबरका सवारीसाधन नेपाल भित्र्याएका छन् ।


ADVERTISEMENT

# # #


भारत तथा तेस्रो मुलुकबाट सवारीसाधन नेपाल भित्रिएपछि वीरगन्ज भन्सार कार्यालयलाई कूल राजस्वको ४० प्रतिशत ती सवारीसाधनबाट उठेको भन्सार अधिकृत सन्तोष यादवले जानकारी दिए । चालू आवको साउनदेखि असोज १५ गतेसम्ममा भारत तथा तेस्रो मुलुकबाट ५१ हजार ६८० थान मोटरसाइकल तथा अटोरिक्सा, एम्बुलेन्स, ट्र्याक्टर, जीप, कार, भ्यान, विद्युतीय गाडी, बस, मिनीबस तथा माइक्रोबस नेपाल भित्रिएको छ । नेपाल भित्रिने सवारीसाधनमा ९० प्रतिशत भारतबाट तथा १० प्रतिशत तेस्रो मुलुकबाट रहेको छ ।

यसैगरी आव २०७४/७५ को साउनदेखि असोज १५ गतेसम्ममा भारत तथा तेस्रो मुलुकबाट ६ अर्ब ८६ करोड १२ लाख रुपैयाँको ५० हजार ८५६ थान सवारीसाधन नेपाल भित्रिएको थियो । मूल्य वृद्धि, करको दायरा फराकिलो हुनु तथा माग बढी भएकाले यस वर्ष सो अवधिमा गाडीको संख्या र रकम बढ्न गएको भन्सार अधिकृत यादवले बताए । – आजको कारोबार दैनिकबाट