काठमाडौं– नेपाली कांग्रेसका नेता चक्रप्रसाद बास्तोलाको पार्थिव शरीर आज (आइतबार) अपराह्न पार्टी केन्द्रीय कार्यालय सानेपामा राखिने भएको छ ।


ADVERTISEMENT


नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माका अनुसार, मध्याह्न १२ बजेदेखि २ बजेसम्म बास्तोलाको पार्थिव शरीर पार्टी कार्यालय सानेपामा राखिने छ । अपराह्न ४ बजे दाहसंसकारको लागि पशुपति आर्यघाट लगिनेछ ।


ADVERTISEMENT

# # #


बास्तोलाका दुवै छोरीहरू (गरिमा र सुम्निमा) देश बाहिर छन् । उनीहरू आजै नेपाल आइपुग्ने बताइएको छ ।

लामो समयदेखि अस्वस्थ्य रहँदै आएका नेपाली काँग्रेसका नेता एवं पूर्वमन्त्री चक्रप्रसाद बास्तोलाको हिजो (शनिबार) ललितपुरको खुमलटारस्थित आफ्नै निवासमा राति ९ः२० को समयमा निधन भएको हो । उनी २०६९ पुस १४ गतेदेखि मष्तिस्काघातबाट पीडित थिए ।